१३ बैशाख २०८१, बिहीबार
Follow Us

डा. केसीद्वारा अनसन स्थगित

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार १५:३९

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न माग राख्दै २३ दिनदेखि आमरण अनसनमा रहेका प्राध्यापक डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । देशमा बाढी पहिरो आएकाले अनसन स्थगित गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । केसीले सरकारले आफ्ना सबै माग पूरा नगरे पनि बाढीपहिरो पीडितको अवस्थालाई हेरेर तत्कालका निम्ति अनसन स्थगित गरेको बताएका छन् । माग पुरा नभए पुनः बस्ने बताएका छन् ।
माथेमा प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, उपत्यकामा अवको १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मुख्य अडानका साथ डा. केसीले अनशन सुरु गरेको २३ औँ दिनमा अनसन तोडेका हुन्।