सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए) का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो ।

अविरल बर्षाका कारण नेपालको विभिन्न भूभाग जलमग्न भएका छन् । धनजन क्षेतिको विवरण अपडेट भैरहेछन् । सामाजिक संजाल र मेडिया यसै समाचारले भरिएका छन् । अमेरिकाका सामाजिक संघ संस्था कसरी सहयोग गर्न सकिन्छ भनि आतुरताका साथ् सहयोग संकलनमा व्यस्त छन् ।

अब सहयोग कसऱी हुन्छ त ?

सबै भन्दा चांडो परिचालन हुने सहयोग हो – पैसा ।

एनआरएन अमेरिकाले बाढीपिडितको समाचार आउनासाथ आफ्नो वेबसाइटमा सहयोग संकलनको प्राबधान राखि सामाजिक संजालमा सहयोगको लागि आब्हान गर्यो ।

साथै न्यूयोर्कको अफिसमा आकाष्मिक कर्माचारी तथा अभियन्ताहरुको सहयोगमा रकम तथा चेक संकलन गर्ने प्राबधान गर्यो । अन्य संघसंस्था संग समन्वय गर्दै एनआरएन अमेरिकाको एकल खाताका मार्फत रकम जम्मा गर्न पहल गर्यो । यसै अनुरुप सहयोग रकम जम्मा होला । यो रकम नेपाल जाला । के यति नै हो हाम्रो जिम्मेवारी?

हरेक प्राकृतिक प्रकोपमा सहयोग संकलन गर्नेको भिड नै लाग्छ तर वास्तविक पिडितको हातमा खासै केहि पर्दैन । किन?

आपतको बेलामा सहयोग संकलन एउटा फेसन बनेको छ । सस्तो र देखावटी समाजसेवाको नाममा यति उति सहयोग आयो भन्दै आफ्नो अनुहार र पैसा तिरेको रसिद सहित फोटो खिची फेसबुकमा हालेपछी जिम्मेवारी सकियो भन्नेको ठुलो जमात छ । अर्को एउटा जमात छ जो केवल शंका मात्र गर्छ – मौकामा पैसा कमाउन आएका हुन् है मात्र भन्छ ।
20884739_10212508515062186_315694226_n
तर जसले माथिको फोटो हेरेर त्यो बाढीमा बगेको बच्चा लाई आफ्नै बच्चा ठानेर रुन्छ – उसले फेस्बुके होइन – आत्मैबाट सहयोग गर्छ र भन्छ म मेरो सहयोग ठाउँमा पुर्याउछु ।

केहि हजार डलर बोकेर अमेरिका देखि नेपाल गई म कस-कसलाई पैसा बांडू यो असम्भब नै छ । चाहेर पनि यो हुनै सक्दैन । त्यसैले त् हामीलाई नेपालीको संजाल चाहिएको हो ।

त्यसैले त हामीलाई सरकार चाहिएको हो । त्यसैले त् हामीलाई ग्राउण्ड लेभलमा भिज्ने सामाजिक संस्था चाहिएको हो । त्यसैले त् हामीलाई विश्वसनीय टप-टु-बटम नेटवर्क सम्हाल्ने संस्था चाहिएको हो । त्यसैले त् मलाई एनआरएनए चाहिएको हो । त्यसैले नै म एनआरएनए को सदस्य बनेको हुँ ।

गर्व छ मलाई यो संस्था प्रति – जसले आफ्नो नेटवर्क यसऱी बनाएको छ कि यसको उपयोग सेकेन्ड भरमै “चाहेको ठाउंमा” गर्न सकिन्छ । अहिलेको यो सेकेन्डमा चाहेको कुरा हो – बाढी पिडितको उद्दारमा खट्नेलाइ र पिडितको रिलिफमा चाहिने श्रोत र साधनको सहयोगको ग्यारेन्टी ।

यो ग्यारेन्टी सरकारको निगरानीमा हुनैपर्छ । माथिको बच्चा संग मेरो भावना जति गहिरिए पनि म उडेर अहिल्यै त्यंहा पुग्न सक्दिन । म जस्ता लाखौं भावना बोकेका एनआरएनहरु सबै त्यंहा पुगे भने त्यो भिडले सहयोग होइन समस्याको सृजना गर्छ । त्यसैले म भन्दा पनि मेरो प्रतिनिधि त्यंहा पुग्नु पर्यो ।

मेरो प्रतिनिधिले “इमान्दार” सरकार संग सल्लाह गरि मेरो नेटवर्क संग सरकारको नेटवर्क जोड्नुपर्यो । मेरो नेटवर्क र सरकार संगको कनेक्सनमा कुनै लिक नभैकन सहयोगको संचार सरकारको हातसम्म पुग्ने ग्यारेन्टी म लिन्छु तर सरकारको हातपछि पिडितको हातसम्म पुर्याउने ग्यारेन्टी सरकारले नै लिनु पर्छ ।

मेरो उपस्थितिले हुने बाधा म बुझ्छु तर माथिको बच्चाको हामी जस्ता लाखौँ करोडौं नातेदार र आफन्त जसले रुँदै आज सहयोग गरिरहेछन तिनको सहयोगको कुनै अंश तिम्रो हातमा परेपछि चुहावट भयोभने तिमीलाई त्यो बच्चाको आत्माले मात्र होइन हामीले पनि छाडदैनौं । तिम्रो काममा भिड बढाउन त् म आउँदिन तर तिमीले काँही कतै मेरो पसिना र बिश्वासमा चुहावट गर्छौ कि भनेर हेर्न त् म आउंदै छु ।

म बाधक होइन, सहयोगी बन्न आउदै छु – किन कि म एनआरएन हुँ ।

सुर्य लम्साल
बोर्ड अफ डाइरेक्टर
एनआरएनए अमेरिका

बाढीपिडित लाई सहयोग गर्ने लिंक:
https:///nrnnccusa.org/donation-appeal