१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महिला संघले तीज मनाउने खर्च बाढीपीडितलाई दिने

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७४, बुधबार ०७:१५

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ । संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखेको थियो ।
संघका अध्यक्ष उमा रेग्मीले बाढीपहिरोले तराई क्षेत्र डुबानमा परेको र हजारौँ मानिस विस्थापित हुन पुगेकाले संघले तीजका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो । संघले आफ्ना सम्पूर्ण कार्यकर्तालाई बाढीपीडितको उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ ।