८ बैशाख २०८१, शनिबार
Follow Us

खादा र आसन ग्रहण संस्कृति भन्दा माथि उठौं — एनआरएन प्रमुख संरक्षक लामिछाने

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७४, बुधबार ०९:४०

लण्डन । गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ । संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो ।

अधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा पुगेका गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले १ हजार यूरो सहयोग दिएर बाढीपीडितका लागि सहयोग संकलन सुरुवात गरेका थिए । जर्मनीको छैठौं अधिवेशनमा नेपालमा भएको प्राकृति विपत्तीमा परी ज्यान गुमाएकाको सम्झनामा मौन धारणसँगै १२ लाख नेपाली रुपैयाँ संकलनसहित सम्पन्न भयो ।

अधिवेशनलाई सम्बोधन गदै संरक्षक लामिछानेले गैरआवासीय नेपाली संघ नेपालको उन्नति प्रगति र समृद्धिका लागि गठन भएको स्मरण गर्दै देशमा परेको दैविप्रकोपमा सबै मिलेर सहयोग गर्न आग्रह गरे । लामिछानेले गैरआवसीय नेपाली संघ अहिले सशक्त अन्तर्राष्ट्रिय संगठन भएकाले यो कुनै पनि पार्टीसँग राजनीतिक आस्था राख्ने संगठन नभएको बताए । उनले संघलाई राजनीतिबाट टाडै राख्नुपर्ने धारण ब्यक्त गरे ।

अत्यन्त व्यस्त समयका बीच अधिवेशनको उद्धघाटनमा पुगेका लामिछानेले समयमा कार्यक्रम शुरु नभए पछि आयोजक प्रति गुनासो पोखे । उनले भने ‘हामीहरु विदेशमा बसेका छौ । विदेशी कुरा देखेका छौ सिकेका छौ तर हामी सगर्व भन्ने गर्छौ नेपाली स्टाइल्स हो’, ‘अब दुई चार घण्टा कार्यक्रम ढिला गरि शुरु भएर केही हुदैन् भन्ने यो संस्कृति परिवर्तन गर्नु पर्छ’ ।

लामिछानेले नेपाली स्टाइल हो भनेर बस्ने वेला नभएकाे भन्दै अव यो परिपाटी हटाउनु पर्ने वताए । उनले सबैले आसन ग्रहण गर्नु पर्ने, खादा लगाउनै पर्ने यो प्रथा हटाइनु पर्नेमा जोडदिदैं भने ‘आसन ग्रहण खादो संस्कृति भन्दा माथि उठ्ने वेला आएको छ’ ।

अधिवेशसलाई गैरआवासीय नेपाली संघका संस्थापक रामप्रताप थापा, उपाध्यक्ष कुमार पन्तलगायतले शुभकामना मन्तव्य दिए ।

एनआरएन जर्मनीका अध्यक्ष नवराज रोस्याराको सभापतित्वमा सम्पन्न साधारणसभामा यूरोप सहसंयोजक दावा ग्याल्जे शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, सहसंयोजक रजनी प्रधान, पूर्वयूरोप संयोजक रविन्द्रमान श्रेष्ठ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
20770390_764502437091692_7333435508268868308_n
गैरआवासीय नेपाली संघ जर्मनीको नयाँ नेतृत्वका लागि १० सेप्टेम्वरमा निर्वाचन हुने कार्यतालिक सार्वजानिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि दिलबहादुर गुरुङ प्रमुख निर्वाचन आयुक्त तथा आइसीसी सदस्य सन्तोष भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । नयाँ नेतृत्वको लागि २५ अगष्टसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।