१५ बैशाख २०८१, शनिबार
Follow Us

मृत्यूसंग जुधिरहेका वरिष्ठ साहित्यकार डा. श्रेष्ठलाई सम्मान

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७४, बुधबार १२:०९

केही महिना अघि नै मृत्युको मिति पाएका क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई बेलायतमा एक समारोहबीच सम्मान गरिएको छ । प्रवासी नेपाली साहित्य समाज बेलायत (प्रभात) ले श्रेष्ठलाई वेब्रीजमा सम्मान गरेको हो । ७० वर्षीय श्रेष्ठलाई अक्सिजनको सिलिण्डर सहित कार्यक्रममा सहभागी गराइएको थियो ।

श्रेष्ठले चिकित्सकले मिति दिएपनि आफूलाई मृत्युसँग डर नभएको बरु मृत्युचाहिँ आफूसँग हारिरहेको बताउँदा दर्शकदीर्घा स्तब्ध देखिन्थ्यो । श्रेष्ठले सम्मान तथा विमोचन कार्यक्रम गरिदिएकोमा सधैं ऋणी भएको विचार व्यक्त गर्दै आफ्नो विमोचित पुस्तक लाइट अफ दि हिमालयअन्तिम कृति भएको बताए ।

राजदूत दुर्गा बहादुर सुवेदीले सम्मान पत्र हस्तान्तरण गर्दै श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा दिएको योगदान साहित्य जगतले सधैँ स्मरण गरिरहने बताए । राजदूतले श्रेष्ठको नयाँ पुस्तक लाइट अफ दि हिमालयको विमोचन पनि गरे ।

नयाँ कृतिबारे राजेन्द्र क्षेत्री,रुपक श्रेष्ठ, एलिजावेथ इभान र मुलिवीर राईलेसमीक्षा गरेका थिए भने श्रेष्ठबारे मुलीविर राईद्वारा निर्मित डकुमेन्ट्री प्रर्दशन गरिएको थियो ।

श्रेष्ठका ३७ वटा पुस्तकसहित दुई डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् । उनी विगत एकदशक देखि यूकेको वकिङमा बस्दै आएका छन् । भिजिटिङ प्रध्यापकका रुपमा लामो समय काम गरेका श्रेष्ठको अधिकांश समय साहित्य क्षेत्रमा बितेको थियो ।

श्रेष्ठलाई साहित्य समाजले सन् २००८ मा पनि पहिलो पटक सम्मान गरेको थियो ।

विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले श्रेष्ठको साहित्यिक योगदान कहिल्यै स्मृतिबाट नमेटिने बताए ।