८ बैशाख २०८१, शनिबार
Follow Us

युनिभर्सिटी अफ सफोकका कोर्सहरु अब साउथ लण्डनमा

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७४, बुधबार १५:३३

लण्डन । लण्डनको वीलवीचस्थित साउथ लण्डन एकेडेमीमा अब युनिभर्सिटी अफ सफोकका कोर्सहरु पनि सञ्चालन हुने भएका छन् ।
युनिभर्सिटीसंगको प्रत्यक्ष सहकार्यमा ती कोर्सहरु सञ्चालन गर्न लागिएको एकेडेमीले जनाएको छ ।
एफडिए हेल्थ केयर प्राक्टिस (एक्युट केयर), एफडिए हेल्थ केयर प्राक्टिस (लंग टर्म केयर), बिए अनर्स बिजनेस म्यानेजमेन्ट लगायतका युनिभर्सिटी कोर्स अब साउथ लण्डनमा अध्याापन गराइनेछन् ।

यी कोर्सहरु सरकारबाट ‘फण्डेड’ भएकाले होम स्टुडेण्ट (बेलायतको स्थायी बसोबास अधिकार भएका विद्यार्थी ) हरुको लागि ‘स्टुण्डेन्ट लोन’को समेत व्यवस्था हुन्छ ।

युनिभर्सिटीको प्रत्यक्ष सहभागितामा नै यी कोर्सहरु सञ्चालन हुने साउथ लण्डन एकेडेमीले बताएको छ । जसका लागि युनिभर्सिटीका प्रोफेसरहरु नै साउथ लण्डन एकेडेमीमा आएर कक्षाहरु सञ्चालन गर्नेछन् ।

यी युनिभर्सिटी कोर्सहरु गर्ने विद्यार्थीहरुलाई सफोक युनिभर्सिटीको मुख्य क्याम्पसका सबै रिसोर्स हरुमा पनि पूर्ण पहुंच रहनेछ ।

यसैबीच यीनै कोर्सहरुबारे थप जानकारी गराउने उद्धेश्यले यहि अगस्ट २२ तारिख मंगलबार दिउंसामे ३ देखि ५ बजेसम्म साउथ लण्डन एकेडेमीमा ओपन डे सञ्चालान हुंदैछ । त्यस अवसरमा युनिभर्सिटीकै कर्मचारी तथा प्राध्यापकहरु आएर कोर्सहरुबारे विस्तृत जानकारी गराउने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन ईच्छुक सबैलाई साउथ लण्डन एकेडेमीले आव्हान गरेको छ ।