१३ बैशाख २०८१, बिहीबार
Follow Us

सगुन डट कममा बेलायतबाट लगानी गर्ने अवसर खुल्दै

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७४, बुधबार १६:१९

लण्डन । नेपालीहरुको लगानीमा सञ्चालित ग्लोबल सोसल मिडिया कम्पनी सगुन डटकममा दोस्रो चरणको लगानी यसै सातादेखि खुला गरिने भएको छ ।

यहि अगस्ट १८ तारिख शुक्रबारको सांझ बेलायतको आसफोर्डमा एक विशेष समारोहकाबीच सगुनले दोस्रो चरणको लगानीको अवसर खुला गर्न गर्न लागेको हो ।

यहि ग्लोबल लञ्चिंग कार्यक्रममा भाग लिन सगुन डटकमका संस्थापक तथा सिईओ गोविन्द गिरी नेतृत्वको युसए टिम पनि बेलायत आउने भएको छ ।
शुक्रबार आसफोर्डमा सुभारम्भ भएपछि निश्चित केहि समयका लागि विश्वभरका नेपाली लगानीकर्ताहरुलाई सुगनमा लगानीको अवसर खुला हुनेछ ।

यसअघि पहिलो चरणमा सगुनमा झण्डै ३५ सय नेपाली लगानीकर्ताले ३ दशमलव १६ मिलियन डलरको लगानी गरिसकेका छन् । ८ हजार लगानीकर्ता पुर्याएर विश्वकै सबैभन्दा ठूलो कम्युनिटी बेस्ड कम्पनी बन्ने लक्ष्य सगुनको छ ।

आसफोर्डको ग्लोबल लञ्चिंग कार्यक्रमकै अवसरमा सहभागीहरुले सगुनका संस्थापक तथा ग्लोबल टीमका अधिकारीहरुसंग ‘फेस टु फेस अन्तरक्रिया’ गर्ने अवसर पाउनेछन् ।

सगुन डटकमको भिजन, मिसन, व्यवसायिक योजनाका साथै सगुनमा लगानी गर्दाका फाइदा र लगानीको प्रतिफलका सम्भावनाहरुबारे जान्नका लागि समेत सो कार्यक्रम उपयोगी हुने सगुन डटकमका युरोप कोअर्डिनेटर सन्तोष घिमिरेले बताए ।

सगुनको टिम बेलायतमा रहंदा यहांका विभिन्न शहरहरु पुगेर प्रिजेन्टेसन तथा अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको युवराज सेढाईले जानकारी दिए ।

जसअनुसार शनिबार अगस्ट १९ मा लण्डनको अल्पार्टन, आइतबार २० अगस्ट वीलवीच, सोमबार २१ अगस्ट अलडरसट र मंगलबार २२ अगसटमा रेडिंग र लेसटरमा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना हुंदैछन् ।

कार्यक्रममा सहभागिताका लागि बेलायतबासी सम्पुर्ण ईच्छुक लगानकिर्ता, व्यवसायी तथा सबै ईच्छुक नेपालीहरुलाई सगुन डटकमले आव्हान गरेको छ ।

शुक्रबारको ग्लोबल लञ्चिंग तथा बेलायतका सबै कार्यक्रमहरुको संयोजन युरोप कोअर्डिनेटर घिमिरे र यूके कोअर्डिनेटर सेढाईले गरिरहेका छन् ।

20891585_10159174849875472_1701503299_n