१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनले सप्तरीमा स्वास्थ्य चौकी सञ्चालन र उद्दार सामग्री वितरण गर्ने

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार ०७:२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सप्तरीमा स्वास्थ्य चौकी सञ्चालन र राहत सामग्री वितरण गर्ने भएको छ । गृहमन्त्री जर्नादन शर्मासँग एनआरएन अध्यक्ष शेष घलेबीच भएको छलफल पछि उक्त निर्णय भएको हो ।

एनआरएनएका उपाध्यक्ष कुमार पन्तका अनुसार अध्यक्ष घले र गृहमन्त्री शर्माबीच विहीबार बिहान भेटघाट भएको थियो । उक्त भेटमा बाढीपीडितलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे ।

बाढीपीडितलाई तत्काल सहयोग चाहिएको र सबै मिलेर उद्दारमा जुट्नुपर्ने मन्त्री शर्मा र अध्यक्ष घलेबीच छलफल भएको थियो ।

मन्त्री शर्मालाई अध्यक्ष घलेले उद्दारका लागि एनआरएनले आपत्तकालीन कोष स्थापना गरेर सहयोग संकलन गरिरहेको जानकारी गराएका थिए ।

उक्त छलफलपछि एनआरएनले सप्तरीमा स्वास्थ्य चौकी स्थापना र राहत सामाग्री वितरण गरिने बताइएको छ ।