१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रेस युनियनका महासचिव सिवाकोटी लन्डनमा सम्मानित

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार १२:४८

लण्डन । नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीलाई लन्डनमा स्वागत तथा सम्मान गरिएको छ । सिवाकोटी सगुन डट कमको कार्यक्रममा सहभागी हुन यूके आएका हुन् । सगुनको सञ्चार समूहमासमेत कार्यरत सिवाकोटीलाई बुधवार साँझ साउथह्यारोस्थित माया पवमा एक कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरिएको हो ।

हाम्रा कुरा डट कमका संस्थापक एवं पूर्वप्रधान सम्पादक सिवाकोटीलाई नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज गुरुङले खादा लगाएर सम्मान गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वअध्यक्ष विनोद मोक्तान, गोर्खा संघर्ष समितिका संयोजक कृष्णकुमार राई, उपसंयोजक सूर्य नेम्वाङ, नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्षद्वय नविन पोखरेल, चिरन शर्मा, महासंघ यूकेका सचिव शिव भण्डारी,सिद्धार्थविक्रम क्षेत्री, विपिन निरौला, दिनेश परियार, सञ्जय कँडेल लगायत सगुन डटकमका युरोप कोअर्डिनेटर सन्तोष घिमिरे, युवराज सेढाई समेतको उपस्थिति थियो ।

2

3