७ बैशाख २०८१, शुक्रबार
Follow Us

बहिनीमाथि खुकुरी प्रहारगर्ने दाजु पक्राउ

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७३, शुक्रबार ०५:३१

लहान । आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पु¥याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका उमेशलाई खोजतलास गर्नेक्रममा गाउँनजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
घरायसी विवादका कारण गत २०७२ साल भदौ ८ गते बिहान उमेशले बहिनी रेणुकुमारी महतोमाथि खुकुरीले शरीरका बिभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । गम्भीर घाइते रेणुको चिन्ताजनक अवस्थामा तत्कालै उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा २०७२ साल भदौ १४ गते उपचारका क्रममा रेणुको गर्भमा रहेको शिशुलाई मृत अवस्थामा निकालिएको थियो ।
नवजात शिशुको सोही चोटको कारणबाट मृत्यु भएको चिकित्सकले पुष्टी गरेकाले घटनामा संलग्न उमेशलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।