१२ बैशाख २०८१, बुधबार
Follow Us

गगन थापाले गरे भारतसँगका सीमामा रहेका बाँध भत्काउन माग

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार १४:३५

बाग्लुङ । कांग्रेस नेता गगन थापाले भारतसँगका सीमामा रहेका बाँध भत्काउन माग गर्नुपर्ने बताएका छन् । बिहीबार बाग्लुङमा आयोजित कार्यक्रममा नेता थापाले भारतले हाम्रो सिमानामा बनाएका बाँधले गर्दा तराई डुबानमा परेको हुँदासबै एकजुट भएर बाँध भत्काउन माग गर्नुपर्ने बताएका हुन ।
राष्ट्रियताको सवालमा एक भएर संसदबाटै सिमानामा बनाइएको बाँध भत्काउन भारतसंग आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने थापाको भनाइ छ । सीमामा बाँधका विषयमा सबै एकजुट हुन नसके प्रत्येक बर्ष डुबानमा परिने भनाई थापाको छ ।

सुस्ताबासीले भत्काए भारतीय सिमामा रहेको गण्डक नहरको बाँध
गण्डक नहरका कारण डुवान परेको भन्दै सुस्ता त्रिबेणीका बासिन्दाले आज बाँध भत्काइदिएका छन् । सुस्ता त्रिवेणी गाँउपालिका एकको पश्चिमतर्फ रहेको बाँध स्थानीयले भत्काएका हुन् ।
बाँधका कारण सयौं रोपनी क्षेत्रमा रहेको खेतियोग्य जमिन डुवानमा परेपछि भत्काउनुपरेको स्थानीयले बताएका छन् । स्थानीयले गण्डक बाँध भत्काउन थालेपछि सुरक्षाकर्मी समेत उक्त स्थानमा पुगेका छन् ।
सुरक्षाकर्मीले डुवानवाट आक्रोशित स्थानीयले बाँध भत्काए पनि दुई पक्षिय छलफलमा समस्या समाधानको प्रयास भैरहेको बताए । गण्डक सम्झौता दुई हजार ४९ अनुसार उक्त स्थानमा बाँध निर्माण गरिएको थियो ।
बाँधका कारण हरेक बर्ष उक्त क्षेत्रमा नेपालतर्फको भुभाग डुवानमा पर्दै आएको छ । नवलपरासीको सुस्ता क्षेत्रको दशगजा समेत भारतीय पक्षले लामो समयदेखि मिच्दै आएको छ ।