१२ बैशाख २०८१, बुधबार
Follow Us

यस्ता उम्मेद्वार छनोट ग-यो प्रेस युनियनले

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार १६:०४

काठमाडौं । आगामी आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनका लागि प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धनको एउटा घटक नेपाल पे्रस युनियनले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली कांगे्रस नजिक ठानिएको पे्रस युनियन, माओवादी केन्द्र नजिकको पे्रस सेन्टर र जनमोर्चा नजिकको प्रगतिशील पत्रकार संघबीच भएको गठबन्धनलाई प्रगतिशील लोकतान्त्रिक वाम गठबन्धन नाम दिएको छ ।
गठबन्धनले अध्यक्षमा पे्रस सेन्टरका गोविन्द आचार्यको नाम अगाडि सारेको छ । वरिष्ठ उपाध्यक्षमा पे्रस युनियनका विपुल पोखरेल, समावेश उपाध्यक्षमा दिलिप थापा मगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल र कोषाध्यक्षमा राजेश मिश्रको नाम हिजो आज बुधबार नै टुंगो लगाइएको थियो ।
मधेशी सचिवमा शितल महतो, महिला सचिवमा लक्ष्मी पुन (पे्रस सेन्टर), दलित सचिवमा रेम विश्वकर्मा, जनजाति सचिवमा उदय जिएम, प्रतिष्ठानमा यम विरही रहेका छन् भने एसोसिउट सचिवको नाम भने तय भइसकेको छैन ।
आज विहीबार खुल्ला केन्द्रीय सदस्यमा नकुल अर्याल, लक्ष्मण कार्की र हरिहर राठोरको नाम सार्वजनिक गरिएको छ भने महिला सदस्यमा जानुका बराल र सिर्जना अर्याल छन् । त्यसैगरी दलित सदस्यमा सूर्य विक, मधेशी सदस्यमा अवधेशकुमार झा छन् भने जनजाति सदस्यको टुंगो लाग्न बाँकी छ ।
लेखा समितिमा पे्रस सेन्टरका रोशन पुरी संयोजन छन भने सदस्यमा पे्रस युनियनकी मीरा राजभण्डारी रहेका छन् ।
यसैगरी प्रदेश १ र ७ को उम्मेदवार टुंगो लाग्न बाँकी छ भने प्रदेश नम्बर २ बाट शैलेन्द्र झा, ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुषोत्तम सुवेदी, ६ बाट कलेन्द्र सेजुवाल रहेका छन् ।