१३ बैशाख २०८१, बिहीबार
Follow Us

वन रक्षक शाहीको परिवारलाई रु ३० लाख

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार ०४:१८

काठमाडौं । वनको रक्षा गर्ने सिलसिलामा ज्यान गुमाएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई रु २९ लाख ७० हजार हस्तान्तरण गरिएको छ ।
वन विभाग र जिल्ला वन कार्यालयबाट सङ्कलित रकम शाहीकी धर्मपत्नी प्रतिमालाई विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । जाजरकोटका शाहीको ताप्लेजुङको सामुदायिक वनमा काम गर्ने क्रममा गत पुस १७ गते अज्ञात व्यक्तिले हत्या गरेको थियो ।