८ बैशाख २०८१, शनिबार
Follow Us

यी युवतीसँग प्रेम गर्न युवकहरु लाइनमा

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार ०५:०७

मानिसमा कमीकमजोरी हुन्छन्, सर्वगुण सम्पन्न मानिस हुँदैन । तर जिन्दगीको युद्ध त्यस्ताले मात्र जित्छन्, जसले आफ्ना कमजोरीलाई शक्तिमा रुपान्तरण गर्न सक्छ । र, २१ वर्षीया लरेन्समा यी कुरा लागू भएको छ ।
गत वर्ष दुर्घटनामा लरेन्सले एउटा हात घुमाउनु प¥यो । त्यत्ति हुँदा पनि उनले ओठबाट हाँसो गुमेन, हिनताबोध कहिले गर्नुपरेन । गज्जबको उनको सेन्स अफ ह्युमरले यतिबेला उनी सामाजिक सञ्जालमा छाएकी छन् । उनी भनिन्छन्, हाँसीमज्जा गर्ने उनको आदतले दुःखबाट छुटकारा पाउन सहयोग पुग्यो ।
मुस्कुराउँदै लरेन्स भन्छिन्, मैले कहिले पनि ताली बजाउनुपर्ने इमोजी बनाउँदिन । किनभने वास्तवमा म ताली बजाउन पाउँदिन । पहिला उनी आफ्नो काटेको हात हेरेर हास्दा अप्ठ्यारो लाग्थ्यो । तर, ती कुरा विस्तारै सामान्य बन्दै गए । लरेन्स टुइटरमा पनि बडो मार्मिक कुरा राख्छिन् । इन्स्टाग्राममा पनि उनका कामुक तस्बिरहरु सेयर गर्छिन् ।
यति मात्र होइन, डेटिङ साइट ‘टिन्डर’ मा आफ्नो प्रोफाइल बनाएर धेरै मानिसलाई दिवाना बनाएकी छन् । उनीसँग पे्रम र विवाह गर्न चाहनेको लाइन नै लागेको छ । टिन्डरमा राखिएको उनको प्रोफाइलमा धेरैले मन पराएका छन् । धेरै मानिसहरु उनको सकरात्मक कामको प्रशसा गरेका छन् । अर्थात् लरेन्सले आफ्नो जिन्दगी मजाले बिताइरहेकी छन् र अरुलाई पनि बाँच्न पे्ररणा दिइरहेकी छन् ।
एजेन्सीको सहयोगमा