१३ बैशाख २०८१, बिहीबार
Follow Us

बार्सिलोनाजस्तो आक्रमण रोक्न सम्भव छैन ?

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार ०५:१३

पेरिस र लन्डनमा जस्तै आतंकवादी आक्रमणमा स्पेनको बार्सिलोना पनि परेको छ । समान प्रकृतिको आक्रमण बार्सिलोनामा दोहोरियो । अर्थात् भीडमा गाडी दौडाएर बटुवाको हत्या गर्ने विधि स्पेनमा पनि भयो । गत वर्ष फ्रान्सको निसमा ‘बास्तिल डे’ परेडमा आतिशवाजी हेर्न पुगेका मानिसलाई निशाना बनाएर आक्रमण गरिएको थियो । पेरिसपछि बेलायतको लन्डन र स्टकहोममा पनि यस्तै किसिमको आक्रमण भएको थियो । जर्मनीको बर्लिनमा क्रिसमस मार्केटमा पनि आक्रमण भइसकेको छ ।
हालै बेलायतको फिन्सवरी पार्कमा मुस्लिमलाई निशाना बनाइएको थियो । भनिन्छ, आम मानिसको भीडलाई ‘सफ्ट टार्गेट’ निसाना बनाउन यो सबैभन्दा सजिलो सस्तो विधि हो । बेलायतमा यस्तो आक्रमणपछि सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको छ । यतिसम्मकी भाडामा भ्यान लिन नपाउने विषयमा विमर्श भइरहेको छ ।
तर यूरोपका सुरक्षा विशेषज्ञहरुलाई थाहा छ, यस्तो किसिमको आक्रमणकारी पहिचान गर्ने र रोक्न सकिएको छैन । यसको मूल कारण यस्तो आक्रमणमा प्राप्त हुने हतियार सजिलै उपलब्ध हुन्छ । यस्तो योजना, प्रशिक्षण र स्तर पनि एकदमै सजिला र सस्ता हुन्छन् ।
गुप्तर अधिकारीहरु केही आक्रमणकारी मात्र पहिचान गर्न सक्छन्, त्यसैले आउँदा दिनमा यस किसिमको आक्रमणको सम्भावनालाई नर्कान सकिन्न ।