७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्व गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७३, शुक्रबार ०५:३७

नेपालगन्ज । नेपाली काँग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३आँै जन्मजयन्ती बिहीबार बाँकेको सीतापुरमा श्रद्धाञ्जलि समारोहको आयोजना गरी मनाइयो । ‘गाउँसँग गिरिजाप्रसाद’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागीले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले देखाएको बाटोमा पार्टी र कार्यकर्तालाई हिँडाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा नेपाली काँग्रेस, बाँकेकी अध्यक्ष किरण कोइरालाले पार्टी एकता, सङ्गठन विस्तार र लोकतन्त्रको मूल्य, मान्यताको जगेर्ना गर्ने दिशामा गिरिजाबाबुले देखाएको बाटोमा कार्यकर्ता पङ्क्ति अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेसको तागत भनेकै जनता र पार्टी कार्यकर्ता हुन्, यो मान्यताका आधारमा पार्टीको सङ्गठन विस्तार अब गाउँ तहसम्म पु-याउन सबैले कम्मर कस्नुपर्ने बेला आएको छ । ”
नेपाली काँग्रेस सीतापुर गाउँ कार्यसमितिका सभापति दानबहादुर महतराको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वजिल्ला सभापति युवराज शर्मा, सचिव एवम् प्रचार शाखाका संयोजक कपिलदेव शर्मा, सङ्गठन शाखा प्रमुख महेन्द्र मल्ल ठकुरी, स्थानीय नेताहरु मेघराज ओली, सुधांशु कोइराला, नक्की खाँ, ज्ञानबहादुर ओली, नरबहादुर खडका, लक्ष्मीनारायण लम्साल, कृष्ण विक रसाइली र शेरबहादुर गुरुङले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा पार्टी जिल्ला सभापति किरण कोइराला, पूर्वसभापति युवराज शर्मा, सङ्गठन शाखा प्रमूख महेन्द्र मल्ल ठकुरी र नक्की खाँलाई सीतापुर गाउँ कार्यसमितिका तर्पmबाट सम्मान गरिएको थियो ।