१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली मेला हेर्न एनआरएन अध्यक्ष घले लण्डन आउने

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार ०९:४४

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ २७ अगष्टमा तमुधीं यूकेको आयोजना लण्डनमा हुने नेपाली मेला हेर्न गैरआवासीय नेपाल संघका केन्द्रिय अध्यक्ष शेष घले वेलायत आउने भएका छन् ।

तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङका अनुसार घले २६ तारिख साँझ लण्डन आइपुग्ने छन् । आफ्नी श्रीमति जमुना गुरुङ सहित आउन लागेका घले आइतवार केम्पटन पार्क रेस कोर्समा आयोजना हुने नेपाली मेलामा सहभागी हुने छन्।

विदेशमा नेपाली भाषा, कलासंस्कृतिको प्रर्वधन गर्ने उदेश्यले नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा तमुधीं यूकेले सन् २००८ देखि नेपाली मेलाको आयोजान गर्दै आएको छ ।

लन्डनस्थित नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुने मेलामा लाइभ म्यूजिकसहित विभिन्न संघसंस्थाले झांकी र नृत्य प्रस्तुत गर्ने कार्यक्रमतय भएकाे तमुधीं यूकेले जनाएको छ ।