१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार १०:५०

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । आज दिउँसो २: १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।