१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाबुराम भट्टराईको नयाँ शक्ति फुटको संघारमा

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार १३:३८

काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल फुटको संघारमा पुगेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट समुहले शुक्रवार विज्ञप्ती जारी गर्दै नेता देवेन्द्र पौडेलको संयोजकत्वमा पन्ध्र सदस्सीय वृहत ध्रुविकरण संयोजन समिति गठन गरेपछि नयाँशक्ति फुटको नजिकै पुगेको हो ।
धुब्रिकरण समितिले छिट्टै राष्ट्रिय भेला आयोजना गरेर नयाँ राजनीतिक कार्यदिशा सहितको प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । विज्ञप्तीमा चाँडै घोषणा पत्र जारी गर्ने पनि उल्लेख गरिएको छ ।
पहिले नै देवेन्द्र पौडेलको नेतृत्वमा पन्ध्र नेताले धुब्रिकरणका लागि आब्हान समेत गरेका थिए । पौडेलसँगै वलालाती शर्मा, तिलक थापा, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, सविन्द्र सुनुवार, शर्मिली तामाङ र रत्न राना लगायतका नेता नयाँ धुब्रिकरणमा सहभागी भएका छन् ।