१३ बैशाख २०८१, बिहीबार
Follow Us

फोनिज युकेको अधिवेशन २८ अगष्टमा हुदै

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार २०:२४

गत १४ अगष्ट २०१६ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको बैठकले पत्रकारद्धय गणेशमान गुरुङ र मिलन लिम्बुलाई पुरस्कृत गर्ने निर्णय गरयो ।

लामो समय देखि आदिवासी जनजाति आवाज नामक टेलिभिजन कार्यक्रम सगरमाथा टेलिभिजनबाट संचालन गरि जनजाति संचेतनामा योगदान गरे वापत पत्रकार गुरुङलाई यस बर्षको फोनिज युके पत्रकारिता सम्मान २०१७ र समावेशी सवाल टेलिभिजन कार्यक्रम एविसी च्यानलमा संचालन गरि जनजातिको मुद्धा उठानमा सहयोग गरेवापत पत्रकार लिम्बुलाई यस बर्षको फोनिज युके पत्रकारिता पुरस्कार २०१७ प्रदान गर्ने निर्णय गरेको हो । प्रत्येक बर्ष प्रदान गरिने यस पुरस्कारको नगद राशि १५÷१५ हजार रुपैयाको रहेको छ । अघिल्लो बर्ष गोपाल छाङ्छा राई र रामविकास चौधरीलाई प्रदान गरिएको थियो ।

फोनिज युकेको दोस्रो अधिवेशन ’पूर्ण समावेशी आमसञ्चार, संविधान खारेजी र पुर्नलेखन आधार“
नारा सहित यहि अगष्टको २८ तारिख अल्डरसुटको एम्पाएर ब्यंग्केटमा हुदैछ । उक्त अधिवेशनको लागि नेपालबाट फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, फोनिज केन्द्रीय सल्लाहकार तथा कान्तिपुरकर्मी गणेश राई, उपराष्ट्रपतिका प्रेस संयोजक तथा फोनिज संगठन सचिव मनोज घर्तिमगर, लिम्बु पत्रकार सङ्घका अध्यक्ष देबेन्द्र खापुङ सुर्केली र फोनिज कास्कीका निवर्तमान अध्यक्ष तथा कास्की आवाजकर्मी हुम गुरुङ युके आउने पक्का भएको छ ।

अधिवेशनको अवसरमा पत्रकारितामा योगदान दिएवापत रिटायर्ड मेजर सोनाम शेर्पालाई अभिनन्दन गरिने साथै पत्रकारिता तालिम पनि गराइने जनाईएको छ । अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको लागि पूर्व अध्यक्ष पूर्ण गुरुङलाई निर्वाचन संयोजक तोकेको छ ।

बैठकले नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्याल र नेपाल आदिवासी जनजाति महिला महासङ्घ युकेका अध्यक्ष विमला राईलाई पदेन सल्लाहकारमा चयन गर्ने निर्णय गरयो । साथै, फोनिज युकेको गतिविधिहरुलाई समेटेर द जर्नालिष्ट प्रकाशन गर्ने पनि निर्णय गरयो ।

को हुन पत्रकार गणेशमान गुरुङ ?

नेपालको एक प्रभावकारी टेलिभिजन सगरमाथा मार्फत प्रसारण हुने आदिवासी जनजाति आवाज कार्यक्रमका संचालक गणेशमान गुरुङको जन्म वि.स. २०२८ मा सिरुबारी, स्याङजामा बुबा मानबहादुर र आमा सन्तकुमारीको कोखबाट भएको हो । वि.सं. २०५२ सालमा उनले पोखरा हटलाइन साप्ताहिक पत्रिकाको सम्पादनबाट शुरु गरेका उनको पत्रकारिता यात्रा निरन्तर जारी छ । उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट उच्च शिक्षा हासिल गरेका छन् । विगत झण्डै एक दशक देखि उनले आदिवासी जनजाति आवाज नामक टेलिभिजन कार्यक्रम चलाएर समाज र मुलुकको निम्ति महत्वपूर्ण योगदान गर्दे आएका छन् । पत्रकार गुरुङ श्रीमति तिलकुमारी र ३ छोराहरुका साथमा काठमाडौंमा रहदै आएका छन् । पत्रकार गुरुङलाई यस बर्ष फोनिज युकेको पत्रकारिता सम्मान सन २०१७ प्रदान गर्ने घोषणा गरिएको छ ।

को हुन पत्रकार मिलन लिम्बु ?

समाज परिवर्तनको लागि जनसेना बनेर सानै उमेरमा होमिएका पत्रकार मिलन लिम्बु अहिले टेलिभिजका पर्दाका देखिने प्रस्तोताहरु मध्ये सुन्दर प्रस्तोता मानिन्छ । उनले जनसेना हुदा जति बन्दुक र बारुद संग खेले त्यो भन्दा बढि अहिले बुद्धि र विवेकको खेलमा सामेल भई समाज परिवर्तनमा योगदान गर्दै आएका छन् । उनको जन्म विस २०४६ सालमा बुबा महासिंग योङहाङ र आमा सुङमायाको काखमा भएको हो । इभाङ, माङसेबुङ २ मा जन्मिएका लिम्बु जनसेनाको अभिभारा पुरा गरि वि.स. २०६८ देखि निरन्तर पत्रकारिता पेशामा छन् । र, उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । नेपालको एक प्रभावकारी टेलिभिजन एबीसी च्यालनबाट उनको समावेशी आवाज प्रसारण हुदै आएको हो । हाल उनी लिम्बु पत्रकार सङ्घको केन्द्रीय महासचिवको रुपमा कार्यरत छन् । श्रीमति बर्षा सुब्बा र छोरी चेसुङ संग काठमाडौमा रहदै आएका छन । पत्रकार लिम्बुलाई यस बर्ष फोनिज युकेको पत्रकारिता पुरस्कार सन २०१७ प्रदान गर्ने घोषणा भएको छ ।