१२ बैशाख २०८१, बुधबार
Follow Us

साझा नेपाली समाज यूकेले दिदीबहिनीहरूलाई दर खुबाउने

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७४, शुक्रबार २०:५९

केशब भण्डारी, पिटरबोरो ।

बेलायतको मिडल्याण्ड,ईस्टमिडल्यान्ड,लिंकनसायर, क्याम्ब्रिजसायरमा बस्ने नेपालीहरूको साझा संस्था साझा नेपाली समाज यूकेले आसन्न नेपाली महिलाहरूको महान चाड हरितालिक तीजको उपलक्ष्यमा यस भेगका दिदीबहिनीहरूलाई निशुल्क ‘ दर ‘ खुबाउने भएको छ ।

यही आगामी अगस्ट २१ तरिख मिडल्याण्डको नटिंघममा हुने उक्त सास्कृतिक सहितको तीज कार्यक्रममा नेपालबाट आएका चर्चित रास्ट्रिय लोकगीत गायक ढाकाराम पौडेल,सन्तु थापा र रूपा घर्ति मगरको प्रतुति रहने छ ।साथै साझा नेपाली समाजसंग आबध्द सिर्जलशील लेस्टर नेपाल, नटिंघम नेपाली समाज,पिटरबोरो नेपाली समाज र हाम्रो नेपाली समाज ओल्भरहाम्टन वेस्ट मिडल्याण्डका स्थानीय कलाकारहरू विषेशगरी दिदीबहिनीहरूको तीजको गीत र नाचको छुट्टाछुट्टै प्रतुति पनि रहने छ ।

यस भेगका करिब चार सय महिलहरूलाई निशुल्क दर खुबाउने तत्परता देखाएर बेलायतकै संघसंस्थामा एक उदारणीय प्रस्तुत गर्न लागेको साझा नेपाली समाजका अध्यक्ष रण बहादुर केसीले कार्यक्रमको सम्पूर्ण तयारी करिब पूरा भइसकेको जानकारी गराउनु भएको छ ।

यस विशेष कार्यक्रममा दाजूभाईको स-शुल्कसहित सहभागिताको व्यवस्था गरिएकोले सबै बेलायतबासी दाजुभाईहरूलाई आफ्ना दिदीबहिनीहरूलाई दर खुबाउने कार्यक्रममा उपस्थित भई सहयोग गर्न साझा नेपाली समाजले सबैलाई अनुरोध गरेको छ । कार्यक्रमलाई सफल बनाउन व्यबस्थापनमा सहयोग गर्ने नटिंघम नेपाली समाज लगायत आर्थिक सहयोग गर्ने सहयोगदाता एवं व्यवसायीहरूलाई हार्दिक धन्यवाद दिदै यस हाम्रो संस्कारयुक्त कार्य सफल बनाउनको सामाजिक व्याक्तित्वबाट अझै सहयोगको अपेक्षा रहेको अध्यक्ष केसीले बताउनु भएको छ ।

दिउसो २ बजेबाट नटिंघमको party place ,Marcus Garvey Centre NG7 2BY शुरू हुने दर पार्टीमा समयमै उपस्थित हुन साझा नेपाली समाजले सबैलाई अनुरोध गरेको छ ।