१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेनी अस्पताललाई एम्बुलेन्स

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार ०६:०५

म्याग्दी । सदरमुकाममा रहेको बेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स प्राप्त भएको छ ।
जिल्ला अस्पतालको मातहत सञ्चालन हुने गरी मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा शुरु गरेको छ । सो एम्बुलेन्स हस्तान्तरण गर्दै पूर्वस्वास्थ्यमन्त्री गगनकुरमा थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालनका लागि निर्देशिका तयार पारेको जानकारी दिँदै अब हरेक अञ्चल र जिल्ला अस्पतालमा सुविधायुक्त एम्बुलेन्स भित्रने बताउनुभयो ।
अस्पतालको पुरानो एम्बुलेन्स बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा पुगेको समयमा मन्त्रालयबाट प्राप्त नयाँ एम्बुलेन्सले बिरामीलाई लान सहयोग पुग्ने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।