१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधान संशोधनको विपक्षमा मतदान गर्न राप्रपा केन्द्रीय सदस्यहरुको सुझाव

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार ०६:२१

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रिय सदस्यले संबिधान संसोधनको विपक्षमा मतदान गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । हेटौंडामा जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान संशोधन पार्टीको एजेन्डा नभएकाले समर्थन गरिरहनु नपर्नेमा जोड दिएका हुन् ।
सरकारले नै पार्टी विभाजनमा प्रत्यक्ष भूमिका निर्वाह गरेकाले उसले ल्याएको संसोधनमा सहयोग गर्नुपर्ने नैतिक बन्धन पार्टीमा नरहेको सुझाव केन्द्रिय सदस्यहरुको छ । संशोधनको मुल मर्म राजपालाई निर्वाचनमा ल्याउनु र मधेसका अतिवादी शक्तिलाई एक्ल्याउनु भएपनि सरकार र राजपा स्वयम् संशोधनमा गम्भीर नदेखिएको आरोप समेत राप्रपा नेताहरुले लगाएका छन् ।
सरकारको चौथो शक्तिलाई सरकार र राजपा दुबैले उपेक्षा र अपमानित गरेको धारणा पनि केही सदस्यले राखेका छन् । राप्रपाले सरकारलाई दिएको समर्थन भने यसअघि नै फिर्ता लिइसकेको छ ।
यसअघि बैठकले विभाजन भएर गएका पदाधिकारी र सदस्य भाद्र ४ गते अघि पार्टीमा फिर्ता भए साविककै पद र जिम्मेवारी दिने र उनिहरुमाथि गरिएको कारबाही समेत फिर्ता लिने निर्णय गरेको थियो । पार्टी बिभाजनपछि पहिलो पटक बोलाइएको केन्द्रिय समिति बैठक भोलीसम्म चल्ने बताइएको छ ।