१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली सामाजिक अभियान्ताहरु रशमोर क्याबिनेट बैठकमा

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार १६:२५

फानवरो । वेलायतस्थित रशमोर क्षेत्रमा बस्ने नेपाली सामाजिक क्षेत्रका अभियान्ताहरुले स्थानिय काउन्सिलको बैठकमा आफ्नो समस्याका बारेमा छलफल गरेका छन् ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीका प्रतिनिधीहरुले स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक गरेका हुन् ।


हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक बिषय, नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय, अस्पताल तथा हेल्थसेन्टरमा आउने अप्ठेरा आदि बिषयमा छलफल भएका थिए ।

नेपाली समूदायुलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानून, रहनसहन लगायत बिषयमा जानकारी गराउने उदेश्यले बैठक आयोजना भएको थियो ।
नेपाली र स्थानिय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकासका लागि के गर्न सकिन्छ भनि हरेक तीन महिनामा नेपाली नेतृत्व बर्गसंग शमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा बस्ने बैठकले समस्याको पहिचान र समाधानका उपाय समेतमा छलफल भएको थियो ।
रशमोर ब्रो काउन्सिलको अफिसमा सम्पन्न बैठकले यसपटक आगामी १६ सेप्टेम्बेर २०१७ मा काउन्सिल, ग्रेटर रशमोर नेपाली कम्युनिटी, अन्य संघसंस्था र आर्मीको संयुक्त पहलमा अल्डरशट स्थित वेस्ट्रन पार्कमा गरिने फूड फेस्टिबलमा सहभागिताको लागि सबै समुदायमा ब्यापक प्रचार गर्ने निर्णय समेत निर्णय गरेको छ ।

बैटकले आगामी ०९ अक्टुबरमा स्थानिय फायर एण्ड रेस्क्यु सर्भिसको बिल्डिंगमा नेपाली करी कुकिङ्ग प्रशिक्षण स्थानिय समुदायलाई दिने र संयुक्त भोजनको प्रबन्ध गर्ने निर्णय गरेको छ ।

बैठकमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका बरिष्ठ उपाध्यक्ष रामधन राइको संस्थाको लागि अफिसको माग प्रश्ताव उपर छलफल गर्दा बृद्ध गोर्खाहरुको लागि चौतारीको रुपमा प्रयोग गर्न कुनै हल, जी आर एन सी को लागि अफिसको परिपूर्तिको लागि काउन्सिलका जेराडलाइ जिम्मा र उनसंग सहकार्यको लागि ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे, बरिष्ठ उपाध्यक्ष राम धन राइ र सल्लाहाकार बिष्णु श्रेष्ठलाइ तोकेको छ।

त्यसै गरि काउन्सिलर लिडर डेभिड क्लिफोर्डले उपयुक्त जमिन खोजि गरि मन्दिर र गुम्वा सहितको नेपाली कम्युनिटी हल बनाउनु पर्ने प्रस्ताव गरेका थिए।
बैठकमा बाटो तथा पार्क हिडडुल गर्दा नेपाली बुढाबुढीहरुलाई टिनेजर केटाकेटिहरुबाट हुने अभद्र व्यबहार, चोरी तथा लुटका घटना बिषयमा प्रहरीलाई सजग हुन सहभागीहरुले आग्रह गरेका थिए ।

२५ जना नेपाली नेतृत्व बर्गको सहभागिता रहेको उक्त बैठकमा निबर्तमान अध्यक्ष ओम थापा, सल्लाहाकारहरु, विभिन्न कमिनिटिका प्रतिनिधिहरु, प्रहरी, काउन्सिलरहरु र काउन्सिलका कर्मचारीहरुको सहभागिता रहेको थियो।