१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको मतदाता नामावली प्रकाशन (लिस्ट सहित)

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार १९:५६

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनका लागि पहिलो चरणको मतदाताको नामावली प्रकाशन गरिएको छ । ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले शनिवार साँझ मतदाताको नामावली प्रकाशन गरेको हो ।

१४ अगष्ट भित्र एनआरएन यूकेमा रित पूर्व प्राप्त सदस्यहरुलाई कार्यसमितिले मतदाता नामावली अन्तिम रुप दिएर शनिवारनै निर्वाचन समितिलाई हस्तान्तरण गरेको एनआरएन यूकेले जनाएको छ ।

कुल ३ हजार ६ सय २५ सदस्य मध्य ३ हजार ४ सय ४३ को नामावली आधिकारीक रुपमा स्वीकृत भएको छ ।

मतदाता नामावलीमा नाम छुटेका वा प्रकृया नपुगेर रोकिएका सदस्यहरुले आइतवार दिउँसो ३ बजे भित्र दाबी विरोधको सूचना निर्वाचन समिति समक्ष पेश गरि सक्नु पर्ने छ ।

मतदाताको अन्तिम नामावली आइतवार साँझ ८ बजे प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ । यस्तै उम्मेदवारको मनोनयन दर्ता २६ तारिख बिहान १० देखी ३ बजे सम्म तय गरिएको छ ।

मतदाताहरुले आफ्नो नाम हेर्न यहाँ किलिक गर्नुहोस्

आफ्नो नाम खोज्न – CTRL + F (Type your name in the find box)