१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अघिल्लो सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७४, आईतवार १४:३४

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताउनु भएको छ । राप्रपा केन्द्रीय कार्य समितिको आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले सो सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्यूत्पादक हुन पुगेको बताउनुभयो ।
राप्रपाका तर्फबाट व्यवस्थापिका–संसद्मा पेश गरिएको हिन्दूराष्ट्र पुनःस्थापनासम्बन्धी विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दल क्रियाशील रहेको आरोप लगाउँदै उहाँले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताउनुभयो ।