१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली मेला हेर्न लण्डन मेयर सादिक खान आउने

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७४, आईतवार २०:३०

लण्डन । बेलायतस्थित तमुधीं यूकेको आयोजनामा आगामी आइतवार हुने नेपाली मेलामा लण्डन मेयर साहिद खान आउने भएका छन् । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ ९ औं नेपाली मेलामा मेयर खान आउने पक्का भएको तमुधीं यूकेले आइतवार एक पत्रकार सम्मेलन गरि जनाकारी दिएको हो ।
केम्पटन पार्क रेस कोर्समा आयोजित पत्रकार सम्मेलनमा तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । मेला बेलायतका लागि बिभिन्न देशका १८ जना राजदूत समेत सहभागी हुने वताएको छ ।

पत्रकार सम्मेलन मेला आयोजक समितिका संयोजक हितकाजी गुरुङले गतबर्षहरुमा भन्दा दर्शकहरुको उपस्थित उल्लेख्य रुपमा बढ्ने वताए । मेला भर्न करिब १२ हजार दर्शक उपस्थित हुने अपेक्षा तमुधीं यूकेको छ ।

गतबर्ष नेपाली मेलालाई मेयर खानले दिएको शुभकामना
तमुधीं यूकेका महासचिव कृष्ण गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ संस्थाका उपाध्यक्ष नन्दजगं गुरुङ, मिडिया संयोजक रोहित गुरुङले समेत दिएका थिए । सो अवसरमा तमुधीं यूकेका पदाधिकारी लगायत पूर्वअध्यक्षहरु शुभाष गुरुङ, कलम गुरुङ, सूर्जे गुरुङ, एनआरएन यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ लगायतको उपस्थिती थियो ।

आगामी २७ अगष्टका दिन केम्पटन पार्क रेस कोर्समा मेलामा गैरआवासीय नेपाली संघका नेताहरुको समेत उल्लेख्य रुपमा उपस्थिती रहने तमुधींले जनाएको छ ।

बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बेलायतस्थित बिभिन्न संघसँस्थाहरुले झाँकी प्रर्दशन गर्ने भएका छन् ।

तमुधीं यूकेले नेपाली भाषा, कलासंस्कृतिको संरक्षण गर्ने उदेश्यले नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि नेपाली मेला शुरु भएको हो ।

2

3