१५ चैत्र २०८०, बिहीबार
Follow Us

Exclusive Report: यसरी योग्य ठहरिए गौरी जोशी उम्मेदवार बन्न (दस्तावेज सहित)

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७४, सोमबार ०७:३६

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा गौरी जोशी उम्मेदवार बन्न योग्य भएको विशेष समितिले ठहर गरेको दस्तावेज नेपाल ब्रिटेन डट कमलाई प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघको गत महिना फ्रयाङफर्डमा सम्पन्न बैठकले गठन गरेको विशेष समितिले जोशी एनआरएन अमेरिकाको उम्मेदवार बन्न योग्य रहेको निष्कर्ष निकालेको थियो । गैरआवासीय नेपाली संघको उच्च स्रोतबाट छानविन प्रतिवेदनमा मुख्य ७ वटा बुँदालाई आधार बनाएर आफ्नो प्रतिवेदन तयार गरिएको छ । समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको स्थापान र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्बन्धमा करिब १२ पेज लामो प्रतिवेदनमा ३२ वटा दस्तावेजसहित ४ सय पेज भन्दा बढीको प्रमाण जुटाएको थियो । प्रतिवेदनको बुँदा ५ मा ४ वटा निष्र्कष र ७ वटा सुझावहरु प्रस्तुत गरिएको छ ।

बुँदा ६ को (छ) गैरआवासीय नेपाली संघले निर्धारित गरेका विनियम र निर्देशन पालना नगरी हुने निर्वाचित हुने राष्ट्रिय समितिलाई अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन बञ्चित गर्नसमेत समितिले सुझाएको छ ।
अमेरिकास्थित एनआरएनको निर्वाचन समितिले अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको नाम हटाइएपछि उत्पन्न विवाद यतिबेला स्थानीय अदालतसम्म पुगेको छ । उक्त विवाद समाधानका लागि संघले छानविन गरी प्रतिवेदन बुझाउन संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा रहेको समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदनपछि गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनसम्बन्धी विवाद अन्त्य हुने अपेक्षा गरिएको थियो । तर, गैरआवासीय नेपाली संघको निर्देशनलाई समेत एनआरएन अमेरिकी अध्यक्ष डा. केशव पौडेल र क्षेत्रीय संयोजक सोनाम लामाले असहयोग गरेपछि संघको निर्वाचनमा अझै अन्योल कायमै छ ।पूरै दस्तावेज हेर्न यहाँ किलिक गर्नुहोस्