११ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपुलमा तीज मनाइयो

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७४, सोमबार १०:२३

लण्डन । लिभरपुलमा बस्ने नेपाली समूदायले नेपाली महिलाहरुको लोकप्रिय चाड तीज मनाएका छन् । लिभरपूल नेपाली समाजको आयोजनामा आइतवार सम्पन्न तीज विषेश कार्यक्रममा उपस्थित महिलाहरुले मनोरन्जन लिए । तीज मनाउन उपस्थित महिलाहरुले समाजका नवनिर्वाचित अध्यक्ष डा. सम्भु आचार्यलाई स्वागत तथा सम्मान गरेका थिए ।
समाजका निवर्तमान अध्यक्ष कुमार घर्तीलाई पछिल्लो कार्यकाल सफलता पूर्व सम्पन्न गरेकोमा आभार प्रकट गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित डा. मनोहर बुढाथोकी र डा. सुरेश पुन समेत सम्मानित भए ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई समाजका सल्लाहकार डा. जमुना आचार्यले मन्तब्य मार्फत स्वागत गरेकी थिइन् । कार्यक्रम अवधिभर उपस्थित सबैले तीजको गीतमा नाचेर भरपूर मनोरञ्जन लिएको समाजका प्रवक्ता शिवराज पन्तले जनाए ।