१५ चैत्र २०८०, बिहीबार
Follow Us

भवन भट्टद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७४, सोमबार ११:५६

गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले मुलुकमा आइपरेको संकटमा सहयोग गर्न सम्पूर्ण प्रवासी नेपालीलाई आब्हान गर्दै आफूले ब्यक्तिगत पाँच लाख रूपैया सहयोग गर्ने बताएका छन्।

प्रवासी नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैर आवासीय नेपाली संघले मुलुकमा आएको दैविक प्रकोप लगत्तै तत्काल राहतको लागि एउटा राहत कोष स्थापना गरेर आवश्यक सहयोग अगाडि बढाएको थियो । यसै क्रममा हालै सप्तरी जिल्लामा राहत बितरण गरेको छ।

एनआरएनमा सहयोगको घोषणा र प्रतिबद्धताको बाढी आइरहे पनि भवनले भने बैंकमा पाँच लाख जम्मा गरेर राहतमा सक्रियता जनाएका हुन्। यसअघि पनि बिभिन्न संस्था र फाउन्डेसनका प्रतिबद्धता बजारमा आइरहे पनि भवनले भने एनआरएन राहत कोषमा पैसा जम्मा गराएर सबैलाई मुलुकको आइपरेको बिपत्तीमा सहयोग गर्न अपील गरेका हुन्।