१२ बैशाख २०८१, बुधबार
Follow Us

एक समूदायमा मात्र सिमित रहेर काम गर्न चाहन्न — पुनम गुरुङ

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७४, सोमबार १४:५८

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष पदको लागि उम्मेदवार पुनम गुरुङले आफू कुनै एक समुदायसंग मात्र रहेर काम नगर्ने वताएकी छन् ।

गुरुङले तमुधीं लण्डन शाखाद्धारा नर्थोलमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो समाज सेवाको अनुभव सिमित समूदाय भित्रमात्र नराखेर सबै नेपालीसंग बाढ्न चाहेको वताएकी छन् ।

उनले भनिन् ‘मेरो सानै देखी समाज सेवामा रुचि थियो त्यसलाई विगत ९ बर्ष देखी तमुधीं यूके मार्फत पुरा गरे, अव मेरो अनुभव र रुचिलाई सिमित समूदाय भित्रमात्र राख्न चाहान्न सबै नेपालीसंग बाढ्न चाहान्छु । उनले एनआरएन यूकेको ९ सेप्टेम्वरमा हुने अधिवेशनमा आफ्नो अमुल्य मत दिएर आफुलाई उपाध्यक्ष पदमा जिताउन समेत आग्रह गरिन् ।’

यसअघि गुरुङले गैरआवासीय नेपाली संघ यूकेको खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
गुरुङ बेलायतको सबैभन्दा ठूलो मानिने संस्था तमु धि यूकेको आमा समुहकी संस्थापक अध्यक्ष हुन् । बेलायतस्थित विभिन्न च्यारिटी संस्थाहरुमा आबद्ध पुनमले नियमित रुपमा च्यारिटी दौडहरुमा भाग लिंदै आएकी छिन् ।
नेपालमा राधा पौडेलले सञ्चालन गरेको एक्सन वर्क्स नेपालु नामक च्यारिटी संस्थाका लागि उनले बेलायतमा कोष संकलन गरेर पठाएकी थिइन ।

उनले कैयौं नेपाली दिदीबहिनीहरुलाई समेत विभिन्न बेलायती च्यारिटी संस्थामा आबद्ध र सहभागी गराउंदै आएकी छिन् ।

उनी नेप्लिज वुमन एशोसिएसन यूकेमा उपाध्यक्ष समेत छन् । उनको बेलायतमा रियलस्टेड र रेष्टुरेन्ट व्यवसाय लगानी छ ।
1