८ बैशाख २०८१, शनिबार
Follow Us

सरुलाई युवा मोती सम्मान

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ०७:४९

बाग्लुङ । युवा श्रष्टा सरु पौडेललाई स्मृति युवा सम्मानले सम्मानित गरिएको छ । मोति जयन्तीको अवसरमा धौलागिरी साहित्य प्रतिष्ठान, स्मृति प्रकाशन, सार्थक प्रकाशन तथा धवल कला मन्दिरको संयुक्त आयोजनामा भएको कार्यक्रममा कलाकार, पत्रकार, वरिष्ठ साहित्यकार तथा युवा साहित्यकार गरी ४ जनालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा स्रष्टाहरुले रचना वाचन पनि गरेका थिए । उक्त कार्यक्रममा सम्मानित व्यक्तिहरुको मन्तव्य, रचन पाठ गरिएको थियो सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाइएको थियो ।
हरेक वर्ष भाद्र कुशे औँसीका दिन मनाइने मोति जयन्तीका अवसरमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरिँदै आएको छ ।