१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली दूतावासमा तीज कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ०८:४४

लन्डन । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाली दूतावास लण्डनमा एक तीज विषेश कार्यक्रम सम्पन्न भएको छ ।

वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीद्वारा आइतवार आयोजित कार्यक्रममा नेपाली महिलाहरुको उल्लेख्य उपस्थिती थियो ।

तीज कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्द महिलाहरुलागायत बेलायतवासी नेपाली महिलाहरुको उपस्थिति उपस्थिती थियो ।
सोही अवसरमा कला पंगेनी र खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको शब्दमा गाइएको तीज गीत “पापी घरैमा” बोलको गीतको म्यूजिक भीडीयोको पनि राजदूत पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीद्वारा विमोचन गरेकी थिइन् ।

विमोचनका क्रममा उपस्थित महिलाहरुले सोहि गीतमा नृत्य गरेर रमाइलो गरेका थिए । कार्यक्रममा स्थानीय गयीकाहरुद्वारा गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।

विमोचन कार्यक्रमको झलक

पापी घरैमा म्यूजिक भीडीयो

20915620_1783578718338740_7657636051106299696_n

3

4