१३ बैशाख २०८१, बिहीबार
Follow Us

जुम्लामा मातृशिशु केन्द्र बनाउन शनिवार लण्डनमा च्यारिटी

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ११:०१

लन्डन । जुम्लाको अति विकट पत्थरखोलामा मातृशिशु केन्द्र (बर्थिङ सेन्टर) स्थापना गर्न शनिवार लण्डनमा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिदैछ । बर्थिङ सेन्टर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले नेपाली नर्सिङ एसोसिएसन यूकेले २६ अगष्टमा लन्डन साउथहयारोस्थित हयारो बरो फुटबल क्लवमा एक च्यारिटी डिनर गर्ने तयारी गरेको हो ।

मातृशिशु केन्द्र निर्माणका लागि करिब ४० हजार पाउण्ड लाग्ने भएकाले वेलायतस्थित नेपाली समूदायलाई सहयोग गर्न एशोसियनले अपिल गरेको छ । एसोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले मानविय कामको लागि एसोसियसनलाई माया गर्ने सबै पक्षसंग सहयोगका लागि आग्रह गरेकी छन् ।
मंगलवार नेपालब्रिटेन डट कमसंग कुरागर्दै कंडेलले चयारिटी साँझको लागि तयारी अन्तिम चरणमा पुगेको वताए । उनले हाम्रो सानो सहयोगले नेपालको विकट क्षेत्रमा रहेका आमा र नवजातशिशुको ज्यान जोगिन सक्ने वताइन् ।

उक्त प्रोजेक्टका लागि याे लिंकमा गएर अनलाइनबाट पनि आर्थिक सहयोग गर्न सकिनेछ ।

‘बर्थिङ सेन्टरको अभावमा धेरै महिलाले ज्यान गुमाउनुपरेको अवस्था छ । त्यसकारण बेलायतस्थित समस्त नेपालीलाई हाम्रो पूण्यकार्यमा सघाइदिन मेरो हृदयदेखि कै अनुरोध छ’, कंडेलले भनिन् । एक्सन वक्सको सहकार्यमा बर्थिङ सेन्टर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कंडेलले ५ सय पाउण्डभन्दा माथि सहयोग गर्नेको नाम केन्द्रको शिलालेखमा लेखिने र सबै दाताको नाम वेवसाइटमा राखिने जनाइन् ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित रोयल कलेज अफ नर्सिङ, एनएमसी एवं विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहनेछ ।

अध्यक्ष कंडेलले बेलायतका क्वालिफाइड नर्स, नर्सिङ पढिरहेका विद्यार्थी, हेल्थ केयर असिस्टेन्ट, डेन्टल नर्स, मिडवाइफ लगायत सबैलाई कार्यक्रममा उपस्थित भइ सहयोग गरिदिन आग्रह गरिन् । कार्यक्रममा स्वास्थ्य विज्ञहरुको प्रत्यक्ष संलग्नता र प्रेजेन्टेसन उपयोगी हुने आयोजकको विश्वास छ । एसोसिएसनले त्यस दिन सदस्यता वितरण गर्ने सोच समेत बनाएको छ ।

कार्यक्रममा टिकेट र अन्य जानकारी महासचिव रस्मिता दर्लामी, उपाध्यक्ष विनोद सिम्खडा, कोषाध्यक्ष गंगा साम्पांग लगायतले दिनेछन् ।
20727605_10159309958165457_675686046_o-768x432
महाभूकम्पका बेला नेपाल गएर राहत तथा उद्दारमा खटिएको नेपलिज नर्सिङ एसोसिएसन यूकेले त्यस लगत्तै सिन्धुपाल्चोक र गोरखामा एक एकवटा विद्यालय पुनर्निर्माण गरेको थियो । निशुल्क हेल्थ क्याम्प सञ्चालन गर्न पनि एसोसिएसनको संलग्नता छ ।
20747678_10159309956300457_651167278_o-768x432
1