१३ बैशाख २०८१, बिहीबार
Follow Us

देउवा मन्त्रिमण्डलको संख्या ५० काट्ने, १५ राज्यमन्त्री थपिए

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ११:१९

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । देउवाले भारत भ्रमण जानुअघि चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मंगलबार कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थप भएका छन् । थपिएका राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
कांग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाई (कृषि), शेषनाथ अधिकारी (शिक्षा), नरबहादुर चन्द(बाणिज्य), अब्दुल रज्जाक (खानेपानी), तप्तबहादुर बिष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन (सिचाई) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै कांग्रेसबाटै दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय), उदयशमशेर राणा (अर्थ), डिल्लीबहादुर चौधरी (श्रम), तेजुलाल चौधरी (युवा तथा खेलकुद), चम्पादेवी खड्का (सहकारी तथा गरिवी निवारण)लाई राज्यमन्त्रीमा सिफारिस भएका छन्।

सत्तारुढ दल फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी ( संघीय मामिला तथा स्थानीय विकास), सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र यसोदाकुमारी लामा ( भूमी सुधार) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि देउवाले आइतबार माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । यो सँगै मन्त्रिमण्डल ४९ सदस्यीय भएको छ ।

मन्त्रिमण्डल ५० काट्ने
देउवाको मन्त्रिमण्डल सदस्य ५० कट्ने भएको छ । आज राज्यमन्त्री थपेसँगै मन्त्रिमण्डल ४९ पुगिसकेको छ । प्रधानमन्त्रीले अझै ४ वटा मन्त्रालय आफ्नो माताहतमा राखेका छन् । उनले राप्रपा र अन्य साना दलको ‘भाग’ का लागि उक्त मन्त्रालय राखेका हुन् । उनले चार मन्त्रालय राप्रपा र साना दललाई दिएपछि उनको मन्त्रिमण्डल ५३ सदस्यीय हुनेछ । ५३ सदस्यीय भएपछि देउवाको मन्त्रिमण्डल अहिलेसम्मकै जम्बो हुने छ । राप्रपाले पनि राज्यमन्त्री पठाउँदा यो संख्या अझै थपिने छ ।