११ बैशाख २०८१, मंगलवार
Follow Us

राप्रपाका कुन–कुन सांसदलाई कारवाही

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ११:३६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रेशम लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा र भानु महरा, रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंहलाई कारबाही गरिने भएको छ ।