१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अन्तर्घात भएकाले पराजित भएँ

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार १६:०५

अनिता अधिकारी थापा, अध्यक्ष, महिला जागरण बचत तथा ऋण सहकारी
कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांगे्रसबाट उपमेयर पदमा उम्मेदवार बनेकी अनिता अधिकारी थापा पराजित भइन् । आफूलाई कांगे्रस भन्नेले नै मत नदिएकाले पराजित भएको उनको निष्कर्ष छ । यद्यपि उनी निराश छैनन्, असफलतालाई सफलतामा रूपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास अनितासँग छ । र, उनले गरेर पनि देखाइएकी छन् सहकारीमार्फत । महिला जागरण र समाजसेवामा समर्पित अनितासँग कुमार राउतले गरेको कुराकानी ः

० तपाईंहरूको सहकारीले के गर्छ ?
– महिला जागरण बचत तथा ऋण सहकारी संस्था अरुभन्दा केही बेग्लै छ, वचत गरेर ऋण प्रवाह त गर्छ नै, त्यसबाहेक महिलामा आत्मनिर्भर बन्नुपर्छ भन्ने जागरण पनि फैलाउँछौं । बाल बचत गर्छौं, सदस्यलाई विना धितो ऋण प्रवाह गर्छौं । हामी तीन सय महिला मिलेर खोलेका हौं यो सहकारी । सदस्यबाहेक अन्यले यहाँबाट सेवा पाउँदैन । २०५० सालदेखि हामीले सुरु गरेका हौं, २०५८ सालमा विधिवत् दर्ता ग¥यौं । पुरुषलाई सल्लाहकार मात्र बनाएका छौं ।

० पुरानो रहेछ, पुँजी धेरै भइसक्यो होला नि ?
– पुरानो भए पनि त्यति धेरै पुँजी हामीले बनाउन सकेका छैनौं । पुग नपुग एक करोड भएको छ । डेरावाललाई सदस्य बनाएका छैनौं, जोखिम न्यून छ, स्मुथली चलेको छ ।

० डेरावाल किन वञ्चित ?
– अस्थायी बसोबास गर्नेहरू बीचमै छाडेर हिँड्छन् । उनीहरूमा ऋण प्रवाह गरिन्छ, पछि छाडेर अन्तै गए भने कहाँ खोज्न जानू ? जोखिम कम होस् भनेर हामीले डेरावाललाई सदस्य नबनाएका हौं ।

० कुन क्षेत्रमा ऋण प्रवाह गर्नुहुन्छ ?
– व्यापार व्यवसाय गर्न खोज्ने उत्साही महिलालाई हामी दुई लाख रुपैयाँसम्म बिना धितो ऋण प्रवाह गर्छौं । त्यसबाहेक कृषि, गाडी खरिद र विदेश जान पनि ऋण दिन्छौं । आपतविपतका लागि लाख रुपैयाँसम्म सदस्यले ऋण पाउँछन् ।

० विदेश जान पनि ऋण पाइन्छ ?
– घुमघाम गरेर रमाइलो गर्न विदेश जान होइन, छोराछोरी अध्ययनका लागि विदेश पठाउँदा सहयोग पुगोस् भनेर ऋण दिएका हौं । हामीले नै ऋण प्रवाह गरेर सदस्यका छोरीछोरी चीनबाट डाक्टर पढेर फर्किएका छन् । यस्ता सफलताले हामीलाई खुुसी लाग्छ ।

० गाडी किन्न दिएको ऋणको ब्याज कति लिनुहुन्छ ?
– १५ प्रतिशत ब्याजमा ऋण प्रवाह गर्छाैं ।
० जागरण नाम मात्रै हो कि काम पनि गर्नुहुन्छ ?
– महिलाको जीवनमा परिवर्तन ल्याउनकै लागि हामीले सहकारी सञ्चालन गरेका हौं । परिवर्तनका लागि मेहनतसँगै जागरण पनि चाहिन्छ । लामो अवधिको तालिम दिन सक्दा राम्रो हुँदो रहेछ, तर हामीले त्यस्तो लामो समयको तालिम दिन सकेका छैनौं, सिलाइ बुनाइ, धूप बनाउने तालिम दिन्छौं, महिलालाई आत्मनिर्भर बन्ने बाटो देखाउँछौं ।

० आत्मनिर्भर भएका उदाहरण छन् ?
– एक सदस्यले नाङ्लो पसलका लागि ऋण लिएकी थिइन् । उनले कालिमाटीबाट बदम ल्याएर बेच्थिन्, उनी त अहिले छैनन्, तर उनका छोराहरूले सुपरमार्केट बनाएका छन् । सुपरमार्केटमा महिला जागरण लेखिएको छ ।

० राजनीतिमा पनि संलग्न हुनुहुन्छ ?
– छु, गत स्थानीय निर्वाचनमा कागेश्वर मनोहरा नगरपालिकाबाट उपमेयरको टिकट पाएकी थिएँ, तर पराजित भएँ ।
० कांगे्रस संगठन राम्रो रहेनछ ?
– कांगे्रसको संगठन बलियो हो, सबैतिरबाट मैले लिड गर्दै आएकी थिएँ, मेयरभन्दा पनि मैले राम्रो भोट ल्याएकी थिएँ । अन्तिममा थोरै मतले पराजित भएँ ।

० पराजयको समीक्षा गर्नुभयो होला नि ?
– गरें, कांगे्रसको एउटा पक्षले हामीलाई मत दिएनछ । कांगे्रसले कांगे्रसलाई भोट नदिएपछि हामी पराजित भयौं । पार्टीबाटै अन्तर्घात भयो ।

० भोट नदिने कुन पक्ष हो ?
– त्यो सार्वजनिक रूपमा भन्न मिल्दैन ।

० सर्वसम्मत टिकट लिन सक्नु भएन होला ?
– टिकटका आकांक्षी १३ जना थियौं, कहीँकतै भनसुन गरेर टिकट लिएको होइन । पार्टीले मलाई योग्य देख्यो, टिकट दियो । आफू हुँदा ठीक, अरु बेठीक भन्ने कांगे्रसमा रहेको चिन्तन समाप्त हुनुपर्छ । पार्टी निर्णय स्वीकार गर्ने चिन्तन विकास नभएसम्म कांगे्रसमा अन्तर्घात भइरहन्छ । यसले स्थानीय तहमा मात्र होइन, पार्टीको नेतृत्व तहलाई समेत गम्भीर नोक्सान पु¥याउँछ ।

० अरुभन्दा तपाईं कसरी योग्य ?
– यो कुरा मैले भन्ने होइन, अरुले मूल्यांकन गर्ने हो । परिवार नै विगत दुई दशकदेखि कांगे्रस राजनीतिमा संलग्न छ । समाजसेवामा अहोरात्र खटिएकी छु । मेरा यिनै गतिविधि देखेर पार्टीले मूल्यांकन गर्दै उपमेयरको टिकट दिएको हो भन्ने बुझाई छ ।

० श्रीमान् के गर्नुहुन्छ ?
– पहिले कानुन व्यवसायी हुनुहुन्थ्यो, कालो कानुनको वकालत गर्दिनँ भनेर छोड्नुभयो । कुनै पद नलिई शुभेच्छुक भएर कांगे्रस राजनीतिमा संलग्न हुनुहुन्छ ।

० माइती पनि कांगे्रस नै हुन् ?
– होइन, उहाँहरू एमाले समर्थक हुनुहुन्छ । यद्यपि राजनीतिको मूलधारमा संलग्न हुनुहुन्न ।

० एमालेकी छोरी कांगे्रसीको घरमा कसरी बुहारी हुनुभयो ?
– विवाह भएर सम्भव भएको हो, हाम्रो २०४६ सालमा विवाह भएको हो । एमाले भन्दैमा त्यस्तो राजनीतिक आग्रह पूर्वाग्रह राख्नु हुँदैन ।

० त्यसबेला एमाले कांगे्रसबीच पानी बाराबार थियो नि ?
– हाम्रो जोडी भगवानले जु¥याएको रहेछ, केहीले रोक्न छेक्न सकेन ।
० कांगे्रस र एमालेमा के फरक छ ?
– कांगे्रस उदार, सबैलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्छ भने एमाले छक्कापञ्जा जान्ने, बाहिर एउटा कुरा बोल्ने भित्रभित्र सिध्याउने राजनीति गर्न जान्ने दल हो ।

० पे्रम विवाह हो ?
– होइन, मागी विवाह हो, माइती गोकर्ण, घर डाँछी हो, इष्टमित्र, नाताकुटुम्बमार्फत मागी विवाह भएको हो ।

० छोराछोरी ?
– छोरा कम्प्युटर इन्जिनियर हो, छोरी संकट व्यवस्थापनमा डिग्री लिँदैछिन् ।

० राजनीति र समाजसेवामा हिँड्न घरमा छुट छ ?
– घरको काम सिध्याएर राजनीति र समाजसेवाका लागि समय निकाल्नुपर्छ । आमनेपाली महिलाको अवस्था यही हो ।

० घरबाट अवरोध हुँदैन ?
– नराम्रो काम गर्न हिँडेको होइन, देश र समाज परिवर्तनको अभियानमा घरपरिवारले साथ र सहयोग दिनुपर्छ । र, मैले श्रीमान्बाट पे्ररणासमेत पाइरहेकी छु ।

० कति अध्ययन गर्नुभएको छ ?
– अध्ययन धेरै गरेकी छैन, पिकेबाट आईए पास गरें, त्यसपछि पढाइलाई अघि बढाउन सकिनँ, गुनासो पनि छैन ।

० माइतीमै पढेर आउनुभएको हो ?
– आईए पहिलो वर्ष पढ्दापढ्दै विवाह भयो, विवाहपछि आईए कम्प्लिट गरें ।