७ बैशाख २०८१, शुक्रबार
Follow Us

१० औ रेडिंग कप २७ अगष्टमा

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७३, शुक्रबार ०७:५४

लन्डन । बेलायतमा गोर्खा कपपछिको लोकप्रिय फूटबल प्रतियोगिता रेडिंग कप फूटबल को दशौ सस्करण एही अगष्ट २७ शनिबार रेडिंग को जोन रब्सन मैदान मा हुने भएको छ । रेडिंग नेपाली समाज ले गर्ने उक्त प्रतियोगिता मा युवा तर्फ़ ३२ टिम ले भाग लिने छन् भने बिजेता ले १६०० पौण्ड सहित रेडिंग कप लैजाने छ । उप बिजेता ले १००० पौण्ड जित्ने छ। यसै गरि भेट्रान तर्फ़ को पुरस्कार १००० छ भने उप बिजेता ले ५०० लैजाने छ ।
यस वर्ष अन्डर १६ पनि आयोजना गर्ने र बिजेता ले ८०० पौण्ड जित्ने कुरा रेडिंग फूटबल का संयोजक तथा रेडिंग नेपाली समाज का उपाधक्ष्य चन्द्र मान गुरुङ ले जानकारी गराउनु भयो । लिग कम नक आउट को आधार मा हुने उक्त प्रतियोगिता लाई फूटबल को मेला मात्र नभई मिनी नेपाली मेला को रुप मा मनाउन लागेको रेडिंग समाज का महासचिब ओमकार अधिकारी ले दिनु भयो ।