१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हिमानी ट्रस्टद्वारा राहत वितरण

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार १५:०४

कलैया । पूर्वयुवराज्ञी हिमानी शाहले बारा र पर्साका बाढी पीडितलाई राहत वितरण गरेकी छन । पूर्वयुवराज्ञी हिमानीले आज पर्साको पोखरीयाका बाढी प्रभावित एवम् पीडित पाँच सय घर–परिवारलाई त्रिपाल, चामल, दाल, नुन–तेल र चिउरालगायत सामग्री वितरण गरेकी हुन ।
यसअघि आजै उनले बारा भलुहीचौकका बाढी प्रभावित २ सय ५० परिवारलाई समेत राहत वितरण गरेकी थिइन । हिमानी आजै काठमाडौ फकर्ने कार्यक्रम छ । हिमानी ट्रष्टले भूकम्प पीडितका साथै प्राकृतिक विपत्तीमा परेकालाई सहयोग गर्दै आएको छ ।