१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति वेलायतको अधिवेशनका लागि कांग्रेसले प्रतिनिधी खटायो

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार १७:४५

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशनका लागि नेपाली कांग्रेसले प्रतिनिधी खटाएको छ ।

पार्टी केन्द्रीय कार्यालयको पत्रानुसार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे अधिवेशन प्रतिनिधीका रुपमा वेलायत आउन लागेका हुन् ।

१६ सेप्टेम्वर, शनिवारका दिन वेष्ट लण्डनस्थित हस्लोमा हुने सो अधिवेशनको लागि आवश्यक तयारी भैरहेको नेपाली जनसम्पर्क समिति वेलायतले जनाएको छ ।

नयाँ नेतृत्वको समेत चयन हुनेस सो अधिवेशनमा मतदान गर्न र उम्मेदवार बन्न चाहनेहरुका लागि आगामी आइतवार सम्मका लागि साधारण सदस्यता खुल्ला गरिएको छ ।

नयाँ नेतृत्वका लागि उपसभापति युवराज गुरुङले अध्यक्षमा औपाचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् भने शान्तविनोद लामिछाने र युवराज सिंहको नाम चर्चामा छ ।
untitled