११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री देउवा र भारतीय काँग्रेस अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७४, बिहीबार १६:१९

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच आज भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका लागि प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्नुभयो । उहाँले हालै नेपालको तराई भूभागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई सशक्त र सुदृढ बनाउनका लागि जनस्तरको सम्बन्धलाई अझ विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।