१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको महासचिवमा फडिन्द्र भट्टराईको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७४, शुक्रबार ०९:०४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिवमा पत्रकार फडिन्द्र भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी सेप्टेम्बर ९ तारिखमा हुने अधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।

बिहिबार सांझ प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा साउथ इष्ट लन्डन क्षेत्रका सामाजिक अगुवाहरु एबं सञ्चारकर्मीमाझ भट्टराईले उम्मेदवारी दिने घोषणा गरे ।

उनी पत्रकारिता, साहित्य र समाजसेवामा उत्तिकै सक्रिय छन् । भट्टराईले सामाजिक अगुवाहरुसँग निरन्तर परामर्श, आफ्नो आत्मविश्वास, अनुभवले उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘भावी कार्यसमितिको कार्यदिशालाई कार्यान्वयन गर्न मेरो गहन भूमिका रहनेछ ।’
दुई दशकदेखि बेलायतमा रहेका भट्टराई गुल्मी जिल्ला समाज यूकेका वर्तमान उपाध्यक्ष हुन् ।

साउथ इष्ट लण्डन क्षेत्रबाटै महासचिवमा अर्जुन कटुवालले उम्मेदवारी दिने दिने घोषणा गरेका छन् भने एनआरएन यूकेका प्रवक्ता खुशी लिम्बु समेत महासचिवका लागि आकांक्षी छन् । सो पदका लागि कर्मा पहाडीको नाम पनि चर्चामा छ ।
20992825_1896707387316639_2920000810385064487_n

हयारी गुरुङले सञ्चालन गरेको घोषणासभामा एनआरएनए यूके उपाध्यक्ष दासु पाण्डे, कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने, युवा संयोजक हरि आचार्य, डार्टफोर्ड नेपलिज कम्युनिटीका अध्यक्ष दीपक थापा, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ, चाल्टन नेपाली समाजका अध्यक्ष टंक कँडेल, व्यवसायी तथा समाजसेवीहरु कर्ण शाही र नरेन्द्र कँडेल, विनोद ज्ञवाली, बालजङ्ग अर्याल, अर्जुन कटुवाल, कृष्ण गैरे, कुश बस्नेत, अर्जुन गौतम, रोमनाथ पाण्डे, जिवन सेन, अर्कराज तिमिल्सिना, शिव भण्डारी लगायतले भट्टराईलाई शुभकामना दिएका थिए ।
– फोटो: शिव भण्डारी