१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजपाको कार्यक्रममा दुई समूहबीच झडप

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७४, शुक्रबार १२:२६

वीरगन्ज । स्थानीय तहको निर्वाचनमा सहभागी हुने घोषणा गरेको दोस्रो दिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दुई समूहबीच वीरगन्जमा झडप भएको छ । वीरगन्ज महानगरपालिकालगायत विभिन्न गाविसको उम्मेदवार छनोटका लागि शुक्रबार कुमुप्यालेस होटलमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहँदा केन्द्रीय महासचिव राजेशमान सिंह श्रेष्ठ र विमल श्रीवास्तव समूहबीच झडप भएको हो । वीरगन्जको प्रमुख पदको उम्मेदवारका आकांक्षी रहेका नेता श्रीवास्तव र सिंहबीच टिकट पाउन होडबाजी भइरहँदा दुई पक्षबीच झडप भएको हो ।