१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनताको दुःखमा सदैव मेरो साथ रहन्छ : हिमानी

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार ०५:१५

वीरगंज । पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ भने घरबार विहीन भई प्रभावित भएका जनताप्रति गहिरो दुःख प्रकट गर्दै आफूहरू जनताको दुःखमा सदैव साथ रहेको बताउनु भएको छ । पर्सा र बारा जिल्लाका बाढी प्रभावित जनतालाई राहत प्रदान गर्न आइपुग्नु भएकी पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले सिमरास्थित विमानस्थलमा सञ्चारकर्मीस“गको भेटमा सो कुरा बताउनुभएको हो ।
हिमानी कोषकी अध्यक्ष समेत रहनु भएकी शाहले देशमा बाढी आइरहदा आफूहरू देशबाहिर भएको हुदा जनतासामु पुग्न केही ढिलो भए पनि हामी नेपाली जनताको हरेक सुख दुःखमा सदैव तत्पर रहने बताउनु भयो । पूर्व युवराज्ञी शाहले रौतहटलगायतका क्षेत्रमा बाढीबाट भएको क्षति र त्यहाका जनताको जनजीवनबारे चासो व्यक्त गर्नु भएको थियो ।
बारा र पर्साका प्रमुख जिल्ला अधिकारीको समन्यमा पर्साको पोखरीया र बाराको भलुहींका ५०० बाढी पीडित परिवारलाई हिमानी कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले राहत प्रदान गर्नु भयो ।
उक्त राहत वितरण कार्यक्रममा पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहस“गै पूर्व नवयुवराज ह्दयेन्द्र वीरविक्रम शाह, नव युवराजकुमारी कृतिका राज्यलक्ष्मी देवी शाह, हिमानी ट्रस्टकी सदस्य सचिव, सल्लाहकार अनिता केसी, फाइनान्स अफिसर अदिती सिंह, फिल्ड कोअर्डिनेटर हेमन्त दाहाल, बोर्ड प्रतिनिधि सवन्ना वैद्यलगायतको उपस्थिति रहेको थियो ।
हिमानी कोषले बाढीपीडितका प्रति परिवार त्रिपाल, १० किलो चामल, पहेलो÷कालो दाल ५ किलो, नुन तीन प्याकेट, खानेतेल १ लिटर, चिउरा तीन किलोग्राम, विस्कुट ६ प्याकेट लगायतका सामग्री प्रदान गरेको कोषकी सदस्य सचिव मल्लले जानकारी गराउनु भयो । पूर्व क्षेत्रका बाढी पीडितकहा“ पनि हिमानी कोषले योजना बनाई छिट्टै पुग्ने कोषकी सदस्य सचिवले बताउनु भयो ।