१२ बैशाख २०८१, बुधबार
Follow Us

होटल ग्राहकमाथि बन्चरो प्रहार

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार ०५:२७

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेको अभियोग छ ।
सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको बञ्चराले हानी हत्या गरेर अभियुक्त ढकाल फरार भएकामा प्रहरीले वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको छ ।
अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गरे भन्नेबारे केही नखुलेको जिप्रका सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिनुभयो । यस घटनासँगै यहाँ पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।