११ बैशाख २०८१, मंगलवार
Follow Us

असी अर्बको चिठ्ठा यी महिलाको हातमा

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार ०५:३८

उत्तर अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी रकमको चिठ्ठा ७ सय ५८ दशमलब ७ मिलियन अर्थात् झन्डै ८० अर्ब रुपैयाँ एक महिलाले जितेकी छन् । चिठ्ठा जितेपछि उनले जागीर छोडिन् । ५३ वर्षकी माबिस वान्कजिक दुई सन्तानकी आमा हुन् । उनले म्यासाचुसेटसको शिकोपीको एउटा पेट्रोल स्टेशनमा टिकट किनेकी थिइन् ।
उनी विगत ३२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत थिइन् । उनले भनिन्, ‘म जे गर्न चाहन्छु, त्यो अब घरमै बसेर गर्छु । गत वर्ष किनेको कारको भुक्तानी उनी एकैपटक गर्न चाहन्छिन् ।
चिठ्ठा जितेपछि ती महिलाले सञ्चारकर्मीसँग भनिन्, ‘मैले जागीर छोडिदिएँ ।’ उनको भाग्यशाली नम्बर ६, ७, १६, २३, २६ र ४ थियो । यसभन्दा अगाडि सन् २०१६ को जनवरीमा पावरबेल ज्याकपोटमा १ दशमलब ६ बिलियन डलर अर्थात् १ सय ८० अर्ब को चिठ्ठा सार्वजनिक सार्वजनिक गरिएको थियो । त्यसबेला तीनजनालाई उक्त पुरस्कार वितरण गरिएको थियो ।