८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त (भिडियो)

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार १७:४३

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुन गइरहेकोको ७ औं महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षय भिड्न्त हुने भएको छ।

एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ३ बजे भित्र अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परे पछि त्रिपक्षीय भिडन्त पक्का भएको हो ।
अध्यक्षमा लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईले नाम दर्ता गराएका छन् । तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्षमा ६ जना चाहिनेमा ११, महासचिव ३ जना, उपमहासचिवमा २ जना, सचिव ४ जना, कोषाध्यक्ष तीनजना, सहकोषाध्यक्षमा २ जना र युवा संयोजकमा ४ जनाले उम्मेदवारी दिएका छन् । महिला संयोजकमा एकजनाको मात्र नाम परेपछि उक्त पद निर्विरोध भएको छ । ९ जना आवश्यक सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा दीपक श्रेष्ठ, ललित न्यौपाने, राष्ट्र राई, दयानिधि सापकोटा, शेर सुनार, सुशिला राई, पुनम गुरुङ, दिलिप कुमार यादव, प्रेम गाह, प्रेम आलेमगर र भोला खनालको उम्मेदवारी परेको छ ।

महासचिवमा फडिन्द्र भट्टराई, खुशी लिम्बु र राजकुमार त्रिपाठीले उम्मेदवारी दिएका छन् भने उपमहासचिवमा कृष्ण तिवारी र विनय अधिकारीको उम्मेदवारी परेको छ । युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, कुमार थापा र एलबीजेड गुरुङ छन् । त्यसैगरि कोषाध्यक्षमा शालिक सापकोटा, सचिन श्रेष्ठ र महेश गिरीको उम्मेदवारी छ ।

सहकोषाध्यक्षमा सुरज पौडेल र गजेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् । ३ वटा सचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ जसमा नारायण गाउंले, सुरज मास्के, सुनिल बाबु खड्का र तारानाथ भण्डारी छन् । सबै पदमा कुल ५३ जनाको उम्मेदवारी परेको छ