१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यी हुन् एनआरएन यूकेको ५३ उम्मेदवार

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार २०:५३

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुन गइरहेकोको ७ औं महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षय भिड्न्त हुने भएको छ।

एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ३ बजे भित्र अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परे पछि त्रिपक्षीय भिडन्त पक्का भएको हो ।
अध्यक्षमा लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईले नाम दर्ता गराएका छन् । तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् । सबै पदमा कुल ५३ जनाको उम्मेदवारी परेको छ ।

21146311_10214251919953826_1298618059_o