७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको निर्वाचनमा ४ पत्रकार चुनावी मैदानमा

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार २१:५८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ४ जना पत्रकारले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

२७ पदका लागि हुने निर्वाचनमा ५३ जनाको उम्मेदवारी परेको छ । जसमध्य ४ जना सकृय पत्रकार छन् । नेपाल पत्रकार महासंघ यूकेका शाखाका पूर्वअध्यक्ष चिरन शर्माले संघको केन्द्रिय सदस्य (आइसीसी) को लागि उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै सेतोपाटी डट कमको लागि वेलायत संवाददाता फडिन्द्र भट्टराईले महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका छन भने नेपालब्रिटेन डट कमका सम्पादक नारायण गाउँलेले सचिव पदमा उम्मेदवारी दिएका छ । पत्रकार विरेन्द्र श्रेष्ठले युवा संयोजकमा उम्मेदवारी दर्ता गराए ।

thumbnail_IMG_4096

चिरन शर्मा

pahdinndra

फडिन्द्र भट्टराई
narayan

नारायण गाउँले

birenda

विरेन्द्र श्रेष्ठ