१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अध्यक्ष घले लण्डनमा

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७४, शनिबार २२:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष शेष घले लण्डन आएका छन् ।

घले भोली आइतबार तमुधीं यूकेको लण्डनस्थित क्याम्पटन पार्कमा आयोजना हुन लागेको नवौं नेपाली मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुन लण्डन आएका हुन् । घलेसंगै एनआरएनए आइसीसी सदस्य जमुना गुरुङ समेत शनिवार साँझ लण्डन आइपुगिन् ।
घलेलाई एनआरएनए युरोपका संयोजक कुल आचार्य, आईसीसी सल्लाहकारद्धय डमर घले, विश्व आर्दश पण्डित, आईसीसी सदस्य जयप्रकाश गुरुङ, पूर्व अध्यक्ष योगेन क्षेत्री र एनआरएनए युकेका उपाध्यक्ष योग कुमार फगामी लगायतले हिथ्रो एयरपोर्टमा स्वागत गरेका थिए ।

यस्तै तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, तमुधिं आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, , एनआरएनए युकेका अध्यक्ष मुछेत्र गुरुङ, लगायतको विमान स्थलमा उपस्थिती थियो ।

अध्यक्ष घले ले नेपाली मेला लगायत सोमवार एनआरएनए युकेको कार्यक्रममा सहभागी हुनेछन् ।